images
images
  • नेपालको पहिलो महिला महान्यायाधिवक्ता बनिन् सविता भण्डारी

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई महान्यायाधिवक्ताको पदमा नियुक्त गरेकी छन् ।

    प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति कार्यालयबाट आइतबार साँझ नियुक्ति पत्र प्रदान गरिएको हो ।

    भण्डारी नेपालको इतिहासमा महान्यायाधिवक्ताको जिम्मेवारी सम्हाल्ने पहिलो महिला बनेकी छन् । लामो समयदेखि कानुनी क्षेत्रको अभ्यासमा सक्रिय रहँदै आएकी भण्डारी संविधान, मानव अधिकार र न्यायिक सुधारका क्षेत्रमा समेत क्रियाशील रहिएकी छिन् ।

    महान्यायाधिवक्ता सरकारका प्रमुख कानुनी सल्लाहकार हुन् । यो पदलाई संविधानले संवैधानिक हैसियत दिएको छ । यसअघि उक्त पदमा पुरुष अधिवक्ताहरू मात्र नियुक्त हुँदै आएका थिए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै