images
images
  • कार्की क्याबिनेटका मन्त्रीको शपथ ११:३० बजे तय, बालुवाटारबाहिर असन्तुष्टिका स्वर

    काठमाडौं । लामो प्रतीक्षापछि प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठित अन्तरिम मन्त्रिपरिषदका सदस्यहरूको शपथग्रहण समारोह आज बिहान ११:३० बजे शीतल निवासमा हुने भएको छ । राष्ट्रपति कार्यालय दिएको जानकारीअनुसार शपथग्रहणका लागि शीतल निवास परिसरमा विशेष तयारी भइरहेको हाे । 

    अहिले टेन्ट राख्ने काम धमाधम चलिरहेको छ । गत शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएकी सुशीला कार्कीले आइतबार तीन जना महत्त्वपूर्ण मन्त्रीहरूको नाम टुंगो लगाएकी थिइन् । अर्थ मन्त्रीमा रामेश्वर खनाल, गृहमन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रीमा कुलमान घिसिङ नियुक्त हुने भएका छन् ।

    नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले कानुन मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नेछन् भने ऊर्जा मन्त्री कुलमान घिसिङलाई ऊर्जाका अतिरिक्त भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी दिने तयारी भइरहेको छ । 

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै