images
images
  • नेपाल बप्तिष चर्च परिषदद्वारा सातदोबाटो प्रहरी वृतलाई मोटरसाइकल सहयोग

    असोज ३ गते । नेपाल बप्तिष चर्च परिषद्ले सातदोबाटो प्रहरी वृतलाई मोटरसाइकल प्रदान गरेको छ।

    जेनजीको आन्दोलनले चौकीमा पुर्याएको पूर्ण क्षतिका कारण शान्ति सुरक्षा व्यवस्थापनमा सहयोग पु-याउने उद्देश्यसहित परिषद्ले सातदोबाटो प्रहरी वृतलाई आज एक थान मोटरसाइकल प्रदान गरेको हो।

    परिषद्का अध्यक्ष राजेन्द्र मल्ल र युवा समितिका अध्यष डेभिड साम्पाङ राईले शुक्रबार सातदोबाटो प्रहरी वृत भवन निर्माण समितिका अध्यक्ष वरिष्ठ हास्यकलाकार किरण केसी र प्रहरी कार्यालय इन्चार्ज एवम् प्रहरी उपरीक्षक रामप्रसाद यादवलाई संयुक्त रुपमा मोटरसाइकल हस्तान्तरण गर्नु भएको छ।

    नेपाल वप्तिष चर्च परिषद्का पदाधिकारी, नेपाल ख्रीष्टियन समाज ललितपुरका अध्यक्ष सुन्दर गुरुङ, एनसीएस मिडिया विभागका प्रतिनिधि, प्रहरी जवान तथा नागरिक समाजसहितको उपस्थितिमा मोटरसाइकल हस्तान्तरण गरिएको हो ।

    यहि भाद्र २३ र २४ गते भएको जेनजी समुहको आन्दोलन र सरकारको अप्रिय कदमका कारण अहिले देश अस्थिर असुरक्षित र आक्रान्त अवस्थामा छ । यस विषम परिस्थितिमा आम नागरिकको शान्ति सुरक्षा अहिलेको ठुलो विषय भएकोले शान्ति सुरक्षा व्यवस्थापनलाई थप व्यवस्थित बनाउनमा सहयोग पुर्‍याउन मोटरसाइकल उपलब्ध गराएको परिषद्का अध्यक्ष मल्लले बताउनुभयो।

    उनले प्रहरी कार्यालयको आग्रह बमोजिम प्रहरी जवानहरु सुत्नको लागि २ वटा कोठा निर्माणमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै देशको पुनः निर्माणमा हातेमालो गर्न सबै धार्मिक समुदाय पनि एकसाथ उभिनुपर्ने बेला आएकोले सबै क्षेत्रको पुनः निर्माण र विकासमा सक्रिय सहभागीता भईदिन उहाँले सार्वजनिक अपिल गर्नुभएको छ ।

    वरिष्ठ हास्यकलाकार किरण केसीले सहयोग गर्नुहुने एनसीएफ, एनसीएस लगायत परोपकारी संस्था, शुभेच्छुक तथा ललितपुरका विभिन्न चर्चलाई ह्दयदेखि धन्यवाद ज्ञापन गर्दै देशभरमा भएको जेनजी आन्दोलनबाट राज्यलाई अपूर्ण क्षति भएको मध्य सबैभन्दा बढी क्षति सुरक्षा निकाय भएकोले यस्तो विपद्मा नेपाली ख्रीष्टियन समुदायको सक्रिय सहभागीता, सहयोग र समन्वयको आवश्यकता भएकोले यतिखेर देश रोएको बेला हामी सबै एकसाथ देशको पुनःनिर्माण कार्यमा जुटुनुपर्ने बताउनुभयो ।

    जेनजीको आन्दोलनबाट क्षतिग्रस्त प्रहरी चौकी चापागाउँ, कालीमाटी र सातदोबाटो, नख्खु कारागार लगायतको पुनःनिर्माण तथा मर्मतका लागि नेपाल राष्ट्रिय मण्डली संगति र नेपाल ख्रीष्टियन समाजको सहजीकरणमा ललितपुरका विभिन्न स्थानीय मण्डली र संघसस्थाहरुसंग सहकार्य गर्दै राष्ट्रिय स्यमसेवक अभियानका सक्रियरुपमा काम गर्दै आईरहेको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै