काठमाडौं । सरकारले गत २३ र २४ भदौमा भएको जेनजीहरूको आन्दोलनका क्रममा भएका घटनाहरूको छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ ।
आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले आयोग गठन गर्ने निर्णय गरेको हो ।
विशेष अदालतका पूर्व अध्यक्ष एवं पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरिएको सरकारले जनाएको छ । कार्कीले पदभार सम्हालेसँगै आन्दोलनका क्रममा सरकारी, सार्वजनिक तथा निजी सम्पत्तिमा गरिएको तोडफोड र आगजनीमा संलग्नहरूलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता जनाएकी छन् ।
यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आन्दोलनमा भएको दमनका घटनाको छानबिन गर्न आयोग गठन गर्ने निर्णय गरेपनि नेतृत्व कसले लिने भन्ने टुंगो लागेको थिएन । अन्ततः आइतबारको बैठकले कार्की नेतृत्वको आयोग टुंग्याएको हो ।
सरकारी स्रोतका अनुसार जेनजी आन्दोलनका क्रममा ७४ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । आयोगले मृत्यु, सम्पत्तिमा क्षति, दमन र सम्भावित मानव अधिकार उल्लंघनका घटनाबारे विस्तृत अध्ययन गरी प्रतिवेदन पेश गर्नेछ ।
सरकारले आयोगलाई आवश्यक अधिकारसहित स्वतन्त्र रूपमा अनुसन्धान गर्न पूर्ण सहयोग गर्ने जनाएको छ । आयोगले प्रतिवेदनमार्फत सम्बन्धित निकायहरूमा कारबाहीको सिफारिस गर्न सक्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)


















प्रतिक्रिया दिनुहोस्