राष्ट्रपति भवन शीतल निवासमा मन्त्रीको शपथग्रहण गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले विज्ञहरूले दिएको राम्रा सुझावलाई सकेसम्म छि टो छरितो कार्यान्वयन गर्ने जानकारी दिए । विज्ञान, प्रविधि, नवप्रर्वद्धन, व्यवहारिक अनुसन्धान नै आफ्नो प्राथमिकतामा रहने उनले बताए ।
उनले भने ‘अब मैले विज्ञहरूको सल्लाह सुझाव माग्छु, अब को कोले राम्रो सुझाव दिन आउँछ, सुझाव दिन त राम्रो, नराम्रो सबै आउँछ । जो जो राम्रो आउँछन्, राम्रो मान्छेको सुझाव लिएर अनि त्यसलाई सकेसम्म छिटो छरितो कार्यान्वयन गर्ने काम हुन्छ ।’
उनले किताब बेच्दै गरेको मान्छेलाई मन्त्री बनाइएकाले खास योजना तत्काल केही नरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)





















प्रतिक्रिया दिनुहोस्