images
images
  • राष्ट्रपति पौडेलबाट मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् ।

    नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट बुधबार अध्यादेश जारी गरिएको हो ।

    संशोधन अध्यादेशमार्फत मतदाता नामावलीसम्बन्धी कानुनी व्यवस्थालाई अद्यावधिक गर्न लागिएको हो । निर्वाचन प्रक्रियालाई सहज, पारदर्शी र अद्यावधिक बनाउने उद्देश्यसहित सरकारको सिफारिसमा अध्यादेश जारी गरिएको हो ।

    आज मात्रै राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता भएको थियो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै