images
images
  • बाबुराम भट्टराईले गरे पार्टीमा पद त्यागको घोषणा

    काठमाडौं– नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा.बाबुराम भट्टराईले पद त्याग गरेका छन् । बुधबार बसेको केन्द्रीय समिति बैठकमा भट्टराईले अध्यक्ष पद त्यागेको घोषणा गरेका हुन् ।

    साथै मौजुदा केन्द्रीय समिति भङ्ग गरी उपाध्यक्ष दुर्गा सोवको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाउने निर्णय भएको छ । महाधिवेशन कहिले गर्ने भन्ने विषयमा छलफल चलिरहेको प्रवक्ता कृष्ण शर्माले जानकारी दिए ।

    ‘अध्यक्ष भट्टराईले राजीनामा दिनुभएको होइन, पद त्याग गर्नुभएको हो । उपाध्यक्ष दुर्गा सोवको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाउने भनिएको छ । महाधिवेशन कहिले गर्ने भन्ने बारेमा छलफल भइरहेको छ ।’ तत्कालीन नेसपा विभाजनपछि गत माघमा भएको महाधिवेशनबाट भट्टराई अध्यक्षमा निर्वाचित भएका थिए ।

    भदौ २३ र २४ गते जेनजीले विद्रोह गर्दा भट्टराई समेत निशानामा परेका थिए । प्रदर्शनकारीले उनको निजी निवासमा आगजनी गरी ध्वस्त बनाएको थियो । तर भट्टराईले जेनजीले उठाएको मागलाई समर्थन गर्दै आएका छन् ।

    त्यतिवेला उनले अगाडि सारेको भिजन २०७४ सालको निर्वाचनबाट अस्वीकृत भयो । निर्वाचनमा पार्टीले नमिठो हार बेहोरेपछि उनले नयाँ शक्तिलाई उपेन्द्र यादव र अशोक राई नेतृत्वको सङ्घीय समाजवादी पार्टीसँग विलय गराए ।

    त्यसपछि जसपा हुँदै २०७९ सालमा नेपाल समाजवादी पार्टी (नेसपा) पुनर्गठन गरे । माओवादी केन्द्रसँग एकता गर्ने विषयमा पार्टीभित्र तत्कालीन अध्यक्ष महिन्द्र राय यादवसँग मतभेद हुँदा २०८० चैतमा पार्टी विभाजन भएको थियो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै