images
images
  • जेनजी प्रदर्शनमा मृत्यु भएका परिवारलाई १० लाख सहायता उपलब्ध गराउने

    काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनमा ज्यान गुमाएका परिवारलाई रु १० लाख आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।
    आज बसेको मन्त्रिपरिषद्को बैठकले ज्यान गुमाएका परिवारलाई सो आर्थिक सहायता बाहेक काजकिरिया, खाना खर्च र यातायात खर्चबापत थप रु पाँच लाख उपलब्ध गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
    मन्त्री खरेलले भने ‘यही भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा मृत्यु भई पहिचान खुलेका मृतक नेपाली नागरिकका प्रतिपरिवारलाई (भाग्ने क्रममा मृत्यु भएका कैदीबन्दी र बालबन्दीबाहेक) रु १० लाखको दरले आर्थिक सहायता र काजकिरिया, खाना खर्च र खाना खर्चबापत रु पाँच लाखका दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय भएको छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा हालसम्म ७४ जनाको मृत्यु भएको छ ।’

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै