images
images
  • भ्रष्टाचार अब क्षम्य हुँदैन : उर्जामन्त्री घिसिङ

    काठमाडौँ । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले जेनजी पुस्ताको माग भ्रष्टाचार निर्मूल गर्ने, सुशासन कायम गर्ने रहेको बताएका छन् ।

    नेपाल विद्युत् प्राधिकरणले शुभकामना र बधाई दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले देशमा भएका विभिन्न बेथितिको अन्त्य गरेर देशलाई समृद्धितिर अघि बढाउनुपर्ने जरुरी रहेको बताए । देशभित्रै बसेर काम गर्ने वातावरण बनाउने चाहना युवापुस्ताको चाहना पूरा गर्न जरुरी रहेको बताए ।

    सुशासनको विषयलाई गम्भीर रूपमा लागू गर्नुपर्ने बताए । जेन जी पुस्ताले उठाएका सुशासनका विषयलाई गम्भीर रूपमा लिएर लागू गर्दै नताको सेवामा कमी हुन दिनु नहुने उल्लेख गरे । कसैले अनियमितता र भ्रष्टाचारको गन्ध आए तत्काल कारबाही गर्ने चेतावनी दिए । अब पनि त्यस्तै गतिविधि भइरहे अर्को ठुलो विद्रोह हुने र त्यसले कसैलाई नछोड्ने बताए ।

    मन्त्री घिसिङले भने ‘भ्रष्टाचारको निर्मूल गर्ने, सुशासन कायम गर्ने प्रमुख माग हो । देशमा भएका विभिन्न बेथितिको अन्त्य गरेर देशलाई समृद्धितिर अघि बढाउनुपर्छ । देशभित्रै बसेर काम गर्ने वातावरण बनाउने चाहना युवापुस्ताको चाहना पूरा गर्नुपर्छ । सुशासनको विषयलाई हामीले गम्भीर रूपमा लागू गर्नुपर्नेछ । मैले सबै मन्त्रालयमा, सबै सचिवज्युहरु, सबै कर्मचारी साथीहरूलाई भन्ने गरेको छु । अब हामीले अहिलेको गम्भीर अवस्थाबाट हामी सही दिशामा जानका लागि जेन जी पुस्ताले उठाएका सुशासनका विषयलाई हामीले गम्भीर रूपमा लिएर लागू गर्नुपर्छ । कतै जनताको सेवामा कमी हुन दिनु हुँदैन । कतैपनि अनियमितता, भ्रष्टाचार गर्नेकुरा क्षम्य हुँदैन । नेपाललाई सुशासनको दिशामा अघि बढाउनुपर्छ । कसैले अनियमितता र भ्रष्टाचारको गन्ध आए तत्काल कारबाही गर्ने निर्देशन छ । त्यसलाई हुबहु कार्यान्वयन गर्नुपर्छ । हामी कसैलाई पनि छुट छैन, अब पनि हामी चुक्यौँ र त्यस्तो गतिविधि भए यो देशमा अर्को ठुलो विद्रोह हुन्छ, त्यसले कसैलाई छोड्ने छैन । ठुलो जनधनको क्षति भएको त्यो एउटा आक्रोश पनि हो ।’

    मन्त्री घिसिङले प्राधिकरणभित्र सुशासन कायम गर्न कटिबद्ध भएर लाग्न निर्देशन दिए । कुनै किसिमको अनियमितता र भ्रष्टाचार गरेको पाइए तत्काल कारबाही हुने बताए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै