images
images
  • विश्वकप छनोट खेल्ने नेपाली टोली घोषणा, सन्दीप पनि समावेश

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले ओमानमा आयोजना हुने आईसीसी पुरुष टि–२० विश्वकप एसिया तथा ईएपी छनोट प्रतियोगिताका लागि १५ सदस्यीय नेपाली टोली घोषणा गरेको छ ।

    घोषित टोलीको कप्तानी रोहित कुमार पौडेलले गर्नेछन् भने उपकप्तानको जिम्मेवारी दिपेन्द्रसिंह ऐरीलाई दिइएको छ ।

    पछिल्लो युनिटी कपमा समावेश साहब आलमलाई बाहिर राखेर यसपटक टोलीमा स्पिनर सन्दीप लामिछानेलाई फर्काइएको छ । अन्य खेलाडीहरू यथावत रहेका छन् ।

    नेपाली टोलीको सूचीः

    • रोहित कुमार पौडेल (कप्तान)
    • दिपेन्द्रसिंह ऐरी (उपकप्तान)
    • सन्दीप लामिछाने
    • आसिफ शेख
    • कुशल भुर्तेल
    • सोमपाल कामी
    • करण केसी
    • कुशल मल्ल
    • नन्दन यादव
    • मोहम्मद अदिल आलम
    • सन्दीप जोरा
    • आरिफ शेख
    • ललित राजबंशी
    • गुल्सन झा
    • लोकेश बम

    यस टोलीमा अनुभव र युवा ऊर्जा दुबैको संयोजन गरिएको छ । बलिङतर्फ सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, गुल्सन झाजस्ता भरपर्दा बलर छन् भने ब्याटिङ विभागमा कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्लजस्ता आक्रमक खेलाडी छन् ।

    नेपालले यो छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आगामी टि–२० विश्वकपको यात्रा सुनिश्चित गर्ने लक्ष्य लिएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै