images
images
  • प्रतिनिधिसभा विघटनविरूद्धको रिट सर्वोच्च अदालतमा पेस

    काठमाडौं । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको रिट पेस हुन थालेको छ ।

    सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाकाअनुसार अहिलेसम्म पाँचवटा रिट आइसकेको छ । ती सबै दर्ताका लागि अध्ययनको क्रममा रहेका छन् ।

    अधिवक्ता डा. प्रेमराज सिलवाल, अधिवक्ता कृतिनाथ शर्मा पौडेल, युवराज सफल पौडेल, विपना र आयुष र नागरिक अभियानका मकबुल मियाले रिट पेस गरेका छन् ।

    गत भदौ २३ र २४ गते जेनजी युवा प्रदर्शनका कारण केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि प्रतिनिधिसभा विघटन भएको थियो । त्यसपछि जेनजी युवा प्रतिनिधिको सिफारिसमेतको आधारमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की असोज २७ गते अन्तरिम सरकार प्रमुख नियुक्त भएकी थिइन् । उनी नेतृत्वको सरकारले २१ फागुनमा आमनिर्वाचन गराउने जिम्मेवारी पाएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै