images
images
  • निर्वाचनबाट मात्रै देशलाई संवैधानिक बाटोमा फर्काउन सकिन्छ : देउवा (पूर्णपाठसहित)

    नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने मिति तोके पनि स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको वातावरण बनाउन नसकेको बताएका छन् ।

    मंगलवार पार्टी केन्द्रीय समितिको बैठकलाई केन्द्रीय कार्यालय सानेपामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले देशको वर्तमान विषम परिस्थितिमा नेपाली काँग्रेसले आफूलाई एकताबद्ध, सुसङ्गठित बनाउँदै लोकतान्त्रिक व्यवस्थामा आस्थावान अन्य राजनीतिक दलहरूसँग समेत संवाद र सहकार्य गर्नु आवश्यक रहेको बताए ।

    संविधानसभाबाट नेपाली जनताले निर्माण गरेको नेपालको संविधान जोखिममा परेको दाबी गरे । जननिर्वाचित सर्वोच्च संस्था प्रतिनिधिसभा असंवैधानिक तथा अलोकतान्त्रिक तवरले विघटन गरिएको बताए । सुरक्षा निकाय मनोबल गिरेर निरीह भएको उनको भनाइ छ । निर्वाचनका लागि शान्ति सुरक्षाको अवस्था सामान्य बनाउने र शान्तिपूर्ण निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने बताए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै