हङकङ ।।।
कतै गगन चुम्बी भवनहरुको चेप चापहरुमा
कतै, असख्य गल्लीहरुको भिडहरुमा
त कतै बगे्रल्ती खुद्रा व्यापारीहरुको घुइँचोहरुमा
त कतै पार्कहरुमा, रेस्टुराँहरुमा, पानी बोटहरु र फेरीहरुको ओहोर–दोहोरहरुमा हङकङ्ग हराई रहेको देख्छु ।
विश्वका धेरै जातजातिहरुका संगम थलो
व्यस्त–व्यस्त र हतार–हतारमा भैतारिरहेको व्यक्तित्वहरु
लाग्छ सभ्यताको शिलसिलामा त कतै कर्मको फन्दाहरुमा
विवश–विवश र बाध्यताहरुमा,
समय तालिकाभित्र त कतै कार्यतालिका भित्र
निसासिन्दै, आफैलाई र आफ्नोपनलाई गुमाएर वा दवाएर
हस्याङ फस्याङ गर्दै कुद्दै गरेको दृष्टीगोचर गरेको छु ।
सोच्छु, यहाँ घडीको रफ्तारहरु पनि दुर्तगतिमा चलिरहेको छ ।
म अनुभव गरिरहेको छु ।
यहाँ दिन र रातको कार्यतालिकामा धेरै फरक नभएको या अनुभव नभएको
जमिनको गर्भ भित्र र जमिनको सहतमाथी, बग्रेल्ती दौडन्दै गरेका विभिन्न यातायातका साधनहरु
लाग्छ, यो हङकङको नशा भित्रका रक्तसञ्चार हुन्
रात–विरात, विजुलीहरुको उज्यालोको चमक, हिराहरु चम्के जस्तै भान भएजस्तोे
काउलुनको बन्दरगाहमा पारी हङकङबाट रङ्गी विरङ्गी विजुलीहरु गितका धुनहरु सङ्गै नाचेका उफ्रेका, साथ–साथै अशंख्य मानिसहरु रमाएरको चिच्याहटहरु, एक मनमोहक दृष्य सोच्छु यहाँ विजुलीहरु संगितसँगै नाच्छन् ।
बस्ति र गाँउको नाँउमा बनिएका भिमकाय अपार्टमेन्टहरु
लाग्छ यहाँ बस्तीहरु माथी बस्तीको चाङ लागेर बसेकाछन् ।
अत्याधुनिक बस्तीहरु,
मानौ, गोरेटोहरु, घुम्तिहरु, काल्नाहरु, दोवाटोहरु र घरहरु
एउटै अपार्टमेन्टमा खाँदिएको म उकुस–मुकुस महशुस गरेको छु ।
जोर्डन क्षेत्र, एक सानो नेपालको झल्को
म सहज र सानो खुशीको स्वाँस फेर्छु
देवनागरी अक्षरका शब्दहरुको केही साइनबोर्डहरु
थोरबहूत नेपाली पसलहरुसंगै, यहाँ संघर्षका सपनाहरु व्यक्त भइरहेको म महशुस गर्छु ।
तर सपनासंगै, संघर्षसगै, पसिनासंगै गुज्रीरहेको दिन, रात र वर्षहरुसंगै
आफ्नोपन र संस्कृतिहरु, भाषा र लवजहरु
आफ्नो माटो र गाँउघरहरुको सम्झनाहरु मानसपटलबाट कतै धमिलिने पो हो कि
म चिन्तित–चिन्तित भइरहेको छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)



















प्रतिक्रिया दिनुहोस्