काठमाडौं । इजरायलको विदेश मन्त्रालयले हमासको आक्रमणमा परी बन्धक बनाइएका र पछि मृत पुष्टि भएका नेपाली विद्यार्थी विपिन जोशीको परिवारलाई आफ्ना हराएका नागरिकका परिवारले पाउने समान अधिकार र हेरचाह प्रदान गर्ने घोषणा गरेको छ ।
अक्टोबर ७, २०२३ मा हमासले इजरायलमाथि गरेको बर्बर आक्रमणका क्रममा अलुमिम किबुजबाट हमासले बन्धक बनाएर लगेका विपिन जोशीको शव फरेन्सिक परीक्षणबाट पुष्टि भएको छ। सोमबार राति हमासले इजरायललाई हस्तान्तरण गरेका चार शवमध्ये एक विपिनको भएको इजरायली सेनाले पुष्टि गरेको हो ।
तेल अभिभस्थित अबु काबिर फरेन्सिक संस्थानले गहन अनुसन्धानपछि चारैजनाको शवको पहिचान गरेको इजरायली सेनाले जनाएको छ । विपिनका दाजु किशोर जोशीले शव पहिचान भएको खबर पाएको र आवश्यक प्रक्रिया पूरा भएपछि नेपाल ल्याउने मिति तय हुने बताए । इजरायली सैनिक अस्पतालमा गरिएको डीएनए परीक्षणले उनको सन् २०२३ को अन्त्यतिर नै मृत्यु भइसकेको देखाएको छ ।
‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका विपिनलाई हमासले बन्धक बनाएको थियो। सोही दिनको आक्रमणमा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए । बन्धक बनाइएको बेला विपिनलाई टाउको छोपेर अस्पतालभित्र लगिरहेको भिडियो सार्वजनिक भएपछि उनको अवस्थाबारे विश्वभर चासो बढेको थियो । तर त्यसयता उनको बारेमा कुनै ठोस जानकारी सार्वजनिक भएको थिएन, जसले परिवारलाई लामो समयसम्म पीडादायी अनिश्चिततामा राखेको थियो ।
इजरायलले विपिनको परिवारलाई प्रदान गर्ने यो विशेष हेरचाह र अधिकारले अन्तर्राष्ट्रिय समुदायमाझ इजरायलको मानवीय पक्षलाई दर्शाएको छ । इजरायली सेनाले अनुसन्धान पूरा भएपछि विपिनको मृत्युको कारण र अवस्थाबारे थप विवरण सार्वजनिक गर्ने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)

















प्रतिक्रिया दिनुहोस्