काठमाडौं । भारतबाट आयात हुने पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आएसँगै नेपाल आयल निगमले पेट्रोलको खुद्रा मूल्यमा कटौती गरेको छ ।
निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाउने निर्णय गरेको हो । नयाँ मूल्य आज (बुधवार) राति १२ बजेदेखि लागू हुनेछ ।
निगमका अनुसार अब काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १ सय ५९ रुपैयाँ कायम हुनेछ । यसअघि सो मूल्य १ सय ६१ रुपैयाँ थियो ।
त्यस्तै, दोस्रो श्रेणीमा पर्ने सहरहरू सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५८ रुपैयाँ कायम गरिएको छ ।
पहिलो श्रेणीका सहरहरू चारआली, विराटनगर, जनकपुरलगायतका क्षेत्रमा भने पेट्रोलको मूल्य १ सय ५६ रुपैयाँ ५० पैसा कायम गरिएको निगमले जनाएको छ ।
यता, डिजेल र मट्टीतेलको मूल्य भने यथावत राखिएको छ । निगमले अघिल्लो महिना चाडपर्वलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थको मूल्य स्थिर राख्ने निर्णय गरेको थियो ।
तर, इन्डियन आयल कर्पोरेसनबाट प्राप्त मूल्यअनुसार १५ सेप्टेम्बर र ३० सेप्टेम्बरका लागि पठाइएको मूल्यमा पेट्रोल प्रतिलिटर क्रमशः २ रुपैयाँ २९ पैसा र २४ पैसा बढेर आएको थियो ।
डिजेलमा पनि ती मितिमा क्रमशः ३ रुपैयाँ ४६ पैसा र २ रुपैयाँ ३५ पैसाले मूल्य वृद्धि भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)















प्रतिक्रिया दिनुहोस्