images
images
  • ओली सरकारले नियुक्त गरेका भारतबाहेक ११ देशका राजदूतलाई सरकारले फिर्ता बोलायो

    काठमाडौँ । सरकारले केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका विभिन्न ११ देशका नेपाली आवासीय राजदूतहरूलाई फिर्ता बोलाएको छ ।

    बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

    उनकाअनुसार सरकारले चीन, जर्मनी, मलेसिया, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका र जापानका लागि नेपाली आवासीय राजदूतहरूलाई फिर्ता बोलाएको हो ।

    उनले फिर्ता बोलाइएको आवासीय राजदूतहरूले अगामी २० कात्तिकसम्म नेपाल फर्किसक्नुपर्ने बताए ।

    उनले भने ‘चीन, जर्मनी, मलेसिया, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका, र जापानका लागि नेपाली आवासीय राजदूतहरूको रूपमा कार्यरत नेपाली राजदुतहरुलाई २०८२ कात्तिक २० गतेभित्र नेपाल फर्किन सक्नेगरी फिर्ता बोलाउने निर्णय भएको छ ।’

    सरकारले भारतका लागि नेपाली आवासीय राजदूतलाई भने फिर्ता बोलाएको छैन । मन्त्री खरेलले सार्वजनिक वित्त व्यवस्थापनलाई मजबुत बनाउन विश्व बैंकबाट प्राप्त हुने १० मिलियन अमेरिकी डलरको अनुदान स्वीकृत गर्ने निर्णय भएको पनि बताए ।

    उनले नेपाल–भारतबीच विद्युत् व्यापारलाई बढवा दिनका लागि दुई वटा प्रमुख ४ सय केभी अन्तरदेशीय प्रसारण लाइनहरू निर्माण गर्न भारतीय कम्पनीहरूसँग संयुक्त लगानी स्थापना निर्णय गरेको पनि बताए ।

    उनले पूर्वी नेपालको इनरुवा–पुर्णिया ४ सय केभी प्रसारण लाइन र सुदूरपश्चिमको दोधारा–बरेली ४०० केभी अन्तरदेशीय लाइन निर्माणको जिम्मेवारी गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको बताए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै