काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता पुष्पकमल दाहालले अध्यक्ष पद छोड्न तयार रहेको बताएका छन् ।
अखिल नेपाल ट्रेड युनियन महासंघले शनिवार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले अध्यक्ष पद आफ्नो लागि सामान्य भइसकेको दाबी गरे । माओवादीमा दाहालले नेतृत्व छाड्नुपर्ने आवाज उठ्न थालेको छ । सोही आवाजप्रति लक्षित गर्दै उनले देश बचाउनको लागि आफूले जस्तोसुकै बलिदान गर्न पनि तयार रहेको बताए । उनले अरूलाई पनि त्याग गर्नको लागि तयार रहन आग्रह गरे ।
उनले भने ‘कतिपय मानिसहरूले भन्ने गर्छन्, पार्टी अध्यक्ष छोड् । म पार्टी अध्यक्ष मात्रै होइन । के बलिदान गर्न पर्छ म गर्न तयार छु । आजै म तपाईँहरूको अगाडी घोषणा गर्न चाहन्छु । देश बच्न पर्यो । हामीलाई अध्यक्ष, पद, कार्यकारी यो धेरै सानो कुरा भइसक्यो । मैले यिनैकुरा विचार गरेर नै केन्द्रीय समितिलाई आयोजक समितिमा, अध्यक्षलाई संयोजकमा अधिवेशनसम्म जाँदा जे परिवर्तन गर्नुपर्छ, जस्तोसुकै त्याग गर्न म तयार छु, मैले भनिराखेको छु । म सबैलाई पनि राष्ट्रको निम्ति त्याग, देशको निम्ति त्याग गर्न तयार रहन पनि म सबैसँग अपिल गर्दछु ।’
उनले पार्टी कार्यकर्ताहरूलाई बिचलिन नहुन पनि आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)

















प्रतिक्रिया दिनुहोस्