काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सिटिईभिटिको विद्यार्थीको पुन परीक्षाको लागि १ करोड ७५ लाख खर्च लाग्ने बताएका छन् ।
मन्त्रालयमा सोमवार पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । जेन—जी आन्दोलनको क्रममा कोशी र बाग्मती प्रदेशका सिटिईभिटिका विद्यार्थीको उत्तरपुस्तिका जलेका थिए । यहाँका १० प्रतिशत विद्यार्थीको उत्तरपुस्तिका जलेको जानकारी दिँदै उनले पुन परीक्षाको लागि तयारी भइरहेको बताए । परीक्षा दिनका लागि काठमाडौँ आउननपर्ने व्यवस्था गरिएको पनि उनले जानकारी दिए ।
उनले भने ‘अस्तीको आन्दोलन (जेन–जी आन्दोलन) मा सिटिईभिटिको विद्यार्थीहरूको उत्तरपुस्तीका जलेको हुनाले जो जसको कापी जलेको उनीहरूको फेरि परीक्षा लिने भन्ने कुरामा विद्याार्थीहरुको भिडभाड भयो । ती विद्यार्थीहरूको जाँच लिने भन्ने सहमति भएको छ । त्यो निर्णयमा कतिपय विद्यार्थीहरूको चित्त बुझेको छैन । उनीहरूको माग जाँच नदिई पास हुनुपर्छ भन्ने थियो । जाँच नदिई त कसरी पास गर्न सकिन्छ । खासगरि कोशी र बाग्मती प्रदेशको उत्तरपुस्तिका जलेको छ । करिब १० प्रतिशत विद्यार्थीको कापी जलेको रहेछ । त्यो जाँच उतै हुने, उतैको सेन्टरमा हुने, यता काठमाडौँ आउन नपर्ने निर्णय भएको छ । त्यसको रुटिन पनि निस्किसकेको छ । सबै तयारी हुँदै छ । कापी जलेकाहरूको फेरि जाँच लिँदाखेरि झण्डै १ करोड ७५ लाख जतिको खर्च आउँदो रहेछ । त्यो सबै कुराहरूको व्यवस्था भएको छ ।’
उनले सिटिईभिटिको नयाँ सम्बन्धन दिनको लागि समिति गठन गरिएको पनि जानकारी दिए । सम्बन्धनका लागि २०६९ सालदेखि हालसम्म ४४२ वटा निवेदन परेकोले उक्त निवेदनहरूलाई छानबिन गरेर दुई महिनाभित्र टुङ्याउने उनले दाबी गरे । उनले सिटिईभिटिको सम्बन्धन दिन र सिटिईभिटिलाई परिमार्जन गर्न छुट्टाछुट्टै समिति गठन गरिएको पनि जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)

















प्रतिक्रिया दिनुहोस्