images
images
  • विपिन जोशी सबै नेपाली आमाको छोरो हो: प्रधानमन्त्री कार्की

    काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले इजरायलमा मारिएका विपिन जोशीको पार्थिव शरीरमा श्रद्धाञ्जली व्यक्त गरिन् ।

    सोमवार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित सभामा पुगेर उनले श्रद्धाञ्जली व्यक्त गरिन् ।

    श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले इजरायल–हमास युद्धका क्रममा नेपाली युवाहरूले भोग्नुपरेको दुःख र सङ्घर्ष अनुभव गर्न नसकिने बताइन् । प्रधानमन्त्री कार्कीले विपिन जोशी सबै नेपाली आमाहरूको छोरो भएको उल्लेख गर्दै उसलाई बिर्सिन नसकिने बताइन् ।

    उनले भनिन् ‘नेपाली युवाहरूले त्यहाँ अपरणमा पर्दा र युद्धमा पर्दा कति दुःख र कस्ट भोगे होलान् । त्यो कुरा हामी अनुभव गर्न सक्दैनौँ । एउटा नेपाली छोरो हामी सबै आमाहरूको छोरो हो । अब कसैले पनि विपिनलाई बिर्सिन सक्दैन ।’

    अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत २०२३ अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु पुष्टि गरेका थिए । इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाट गर्ने क्रममा हमासले विपिनको भनेर इजरायली सेनालाई शव हस्तान्तरण गरेको थियो ।

    उनको डीएनए परीक्षणबाट शव विपिनकै भएको पुष्टि भएको थियो भने फरेन्सिक जाँचमा अपहरण भएताका नै मृत्यु भएको पाइएको इजरायलस्थित नेपाली दूतावासका अधिकारीहरूले बताएका छन् । उनको अव आजै कञ्चनपुरस्थित घरमा लैजाने तयारी छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै