images
images
  • अर्जेन्टिनालाई हराउँदै मोरोक्कोले जित्यो फिफा यु–२० विश्वकपको उपाधि

    काठमाडौं– सर्वाधिक ६ पटकको विजेता अर्जेन्टिनाविरुद्ध २–० को सहज जित जित निकाल्दै मोरोक्को फिफा यु–२० विश्वकपको च्याम्पियन बनेको छ।

    मोरोक्कोले पहिलो पटक फिफाको कुनै पनि प्रतियोगिता जितेको हो। आइतबार चिलीको नेसनल जुलियो मार्टिनेज प्राडानोस रंगशालामा सम्पन्न फाइनलमा मोरोक्कोलाई जित दिलाउन दुवै गोल यासिर जबिरीले गरे। दुवै गोल पहिलो हाफमा भएका थिए। जबिरीले खेलको १२ र २९औं मिनेटमा गोल गरेका थिए।

    यसैगरी फ्रान्सविरुद्ध १–० को कठिन जित निकाल्दै कोलम्बियाले तेस्रो स्थान हासिल गरेको छ। सेमिफाइनलमा मोरोक्कोले फ्रान्स र अर्जेन्टिनाले कोलम्बियालाई हराएका थिए।

    च्याम्पियन मोरोक्काका ओथमाने माम्माले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै गोल्डेन बल प्राप्त गरे।

    अमेरिकाका बेन्जामिन क्रेमास्चीले गोल्डेन बुट पाए। कोलम्बियाका नाइजर भिल्लारियल र फ्रान्सका लुकास माइकलले पनि समान पाँच गोल गरे थिए। तर बढी गोलको बढि गोलको अवसर सिर्जना गरेका कारण क्रमास्चीलाई सर्वाधिक गोलकर्ता घोषणा गरिएको हो।

    क्रेमास्चीले दुई तथा भिल्लारियालले एक गोलका लागि अवसर सिर्जना गरेका थिए। माइकलले भने गोलको अवसर सिर्जना गर्न सकेनन्।

    यस्तै उत्कृष्ट गोलकिपर चुनिएका उपविजता अर्जेन्टिनाका सान्टिनो बार्बीले गोल्डेन ग्लभ्स हात पारे। अमेरिकालाई ‘फिफा फेर प्ले’ अवार्ड प्रदान गरियो।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै