काठमाडौँ- नेपाल प्रहरीको ५ जना एसएसपीलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरिएको छ।
आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले रिक्त चार र तीन दिनपछि रिक्त हुने एक डीआईजी पदमा बढुवा गर्न सिफारिस गरेको हो।
एसएसपीहरु भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अविनारायण काफ्ले सिफारिस भएको गृहमन्त्रालयले जनाएको छ। उनीहरू सबै २०५६ सालमा प्रहरी निरीक्षकबा सेवामा प्रवेश गरेकाहरू हुन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)



















प्रतिक्रिया दिनुहोस्