काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सामाजिक सञ्जाललाई व्यवस्थित र जिम्मेवार बनाउन आवश्यक रहेको बताएका छन् ।
बुधवार सिंहदरबारस्थित मन्त्रालयमा अनलाइन टिभीकर्मीहरूसँगको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
सामाजिक सञ्जाललाई नयाँ मूलधारको मिडियाको रूपमा स्वीकार गर्दै उनले त्यसलाई सामाजिक सञ्जाललाई नियमन गर्दै जिम्मेवार बनाउनुपर्नेमा जोड दिए ।
उनले भने ‘सामाजिक सञ्जाल कहिल्यै पनि बन्द हुनुहुँदैन र बन्द गरिँदैन भन्नेकुरा स्पष्ट पार्न चाहन्छु । नयाँ मूलधारको मिडियाको रूपमा रहेका सामाजिक सञ्जालहरू कहिले पनि बन्द हुनु हुँदैन । बन्द गरिने छैन । कुनैपनि सञ्चार माध्यम समेत बन्द नगरिने ब्यहोरा स्पष्ट पार्न चाहन्छु । दोस्रो कुरा के हो भने सामाजिक सञ्जाललाई व्यवस्थित गर्नुपर्छ । जिम्मेवार बनाउनुपर्छ । सञ्चारमन्त्रीको रूपमा मेरो प्राथमिकता पनि यही नै हो । तर बन्द गर्ने कुरा कसैलाई पनि स्वीकार्य हुँदैन । सरकार सुनिनुपर्छ, सरकार देखिनुपर्छ र महसुस पनि हुनुपर्छ । त्यसकारण सञ्चार मन्त्रालय सुनिन्छ पनि देखिन्छ पनि र महसुस हुन्छ पनि । अनलाइन पत्रकारहरूको तालिमका लागि पनि आवश्यक पहल गर्छु । डिजिटल मिडियासँग सम्बन्धित संस्थाहरूले संस्थागत रूपमा आउनुभयो भने मन्त्रालय त्यसका लागि पनि तयार छ । अनलाइन तथा पत्रपत्रिकाको दर्ता प्रक्रियाको विषयले मलाई पनि पीडा महसुस भइरहेको छ । त्यसकारण मैले पहिलो क्याबिनेटबाटै दर्ता प्रक्रिया सूचना विभागबाट हुने निर्णय गराएँ ।’
उनले अनलाइन लगायतका सञ्चारमाध्यमहरूको दर्ता प्रक्रिया सूचना विभागबाटै हुने निर्णय गरिसकेको पनि उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)



















प्रतिक्रिया दिनुहोस्