images
images
  • सरकारले कहिल्यै दलहरुलाई अवमूल्यन गरेको छैनः कानूनमन्त्री सिन्हा

    काठमाडौं । अन्तरिम सरकारका कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले वर्तमान सरकारले राजनीतिक दलहरुलाई कहिल्यै पनि अवमूल्यन नगरेको बताएका छन् ।

    प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरुलाई अवमूल्यन गरेको विश्लेषण भइरहेका बेला उनले यस्तो दाबी गरेका हुन् ।

    शुक्रवार सिंहदरवारमा बसेको राष्ट्रिय सभा कार्य व्यवस्था परामर्श समितिको बैठकमा बोल्दै मन्त्री सिन्हाले असन्तुष्ट पक्षहरुसँगको पटक पटक छलफल गर्नुपर्ने बाध्यताले राजनीतिक दलहरुसँगको सम्पर्क केही ढिला हुन गएको पनि स्पष्ट पारे ।

    सरकारले राजनीतिक दलहरुलाई अवमूल्यन गरेर अघि बढ्दा असहज परिस्थिति आउँछ भनेर अनुभुति गरिरहेको उनको भनाई थियो ।

    मन्त्री सिन्हाले वर्तमान सरकारले प्रतिनिधि सभाको निर्वाचन गराएर जनप्रतिनिधिहरुलाई सत्ता हस्तान्तरण गर्ने एक मात्रै लक्ष्य लिएपनि असन्तुष्ट पक्षको सुनुवाई गर्नुपर्ने, सरकारको दैनिक काम पनि गर्नुपर्ने भएकाले निर्वाचनको तयारीको कामले तीव्रता नपाएजस्तो देखिएको पनि तर्क गरे ।

    उनले शुरुका दिनमा सरकारले जेन–जी समूहहरुसँगको छलफलमा धेरै समय बिताउनुपरेको पनि उल्लेख गरे ।

    मन्त्री सिन्हाले मुलुकको सुरक्षा अवस्थालाई सहज बनाउन सर्वसाधारण जनताले प्रहरीलाई गरेको सहयोगको समेत खुलेर प्रशंशा गरे ।

    उनले सुरक्षा व्यवस्थालाई सहज बनाउने कठिन कार्यमा सरकारलाई सर्वसाधारण जनताले ठूलो साथ दिएको समेत बताए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै