काठमाडौँ । सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाई नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ ।
सोमवार साँझ सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण दोस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गरेको छ । भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगमा निजामतीतर्फ चार जना र नेपाल प्रहरीतर्फ ११ जना थप गरी १५ जना कर्मचारी उपलब्ध गराउने निर्णय गरेको छ ।
त्यस्तै सरकारले भू—उपयोग तेस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ ।
२०८२ फागुन १ गतेदेखि ७ गतेसम्म कर्णाली प्रदेशमा दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
प्रवक्ता खरेलकाअनुसार मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई पदमुक्त गरी सुरेन्द्रलाल कर्णलाई नियुक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)


















प्रतिक्रिया दिनुहोस्