काठमाडौं । युवाहरूको सशक्त समूह जेनजी मुभमेन्टले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग गरेको छ ।
घिसिङ र नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवालको मिलेमतोमा राष्ट्रघाती विद्युत खरिद सम्झौता भएको आरोप लगाउँदै मुभमेन्टले आन्दोलनको घोषणा गरेको हो ।
जेनजी मुभमेन्टले आफ्ना मागहरू अगाडि सार्दै भनेको छ, ‘ऊर्जामन्त्री कुलमान घिसिङलाई तुरुन्त बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गर्नुपर्छ । प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवाललाई तत्काल निलम्बन गरी सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत छानबिन थाल्नुपर्छ । विद्युत नियमन आयोगले स्वतन्त्र छानबिन समिति गठन गरी सम्पूर्ण विद्युत् सम्झौताहरू सार्वजनिक गर्नुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)


















प्रतिक्रिया दिनुहोस्