images
images
  • पाटन दरबार क्षेत्रमा आगलागी आपत्कालीन सूचना प्रणाली जडान

    काठमाडौँ । ललितपुरको पाटन दरबार क्षेत्रमा आगलागी आपत्कालीन सूचना प्रणाली स्थापना गरिएको छ ।

    ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले मङ्गलवार एक कार्यक्रमबीच सो प्रणालीको शुभारम्भ गरेका हुन् ।

    आगलागीबाट हुने विपद्को बेलामा तत्काल नियन्त्रण गर्न आवश्यक सूचना दिने उद्देश्यले सो प्रणाली जडान गरिएको मेयर महर्जनले बताए । उनले सो प्रणाली परीक्षणको रूपमा सञ्चालनमा ल्याएको र त्यसले प्रभावकारी ढङ्गले काम गरे ललितपुरको सबै चोकहरूमा जडान गर्ने योजना रहेको पनि जानकारी दिए ।

    त्यस अवसरमा मेयर महर्जनले मुलुकका सबै नगरपालिकाहरूले भन्दा ललितपुर महानगरपालिकाले विपद्को क्षेत्रमा अब्बल तरिकाले काम गरेको दाबी समेत गरे ।

    उनले भने ‘विपद्को सन्दर्भमा हामीले यो मुलुकमा २९३ वटा नगर पालिकाहरू छन् । त्यो मध्य ललितपुर महानगरपालिकाले एकदमै अब्बल तरिकाले काम गर्दै आएको मैले यहाँहरूलाई जानकारी गराए । यो अहिले हामीले डेमो गर्न खोजेको हो । यो कत्तिको काम गर्छ भनेर हेर्न खोजेको हो । यसले ठ्याक्कै काम गरेको अवस्थामा हामी ललितपुर महानगरपालिकाको प्रत्येक चोकचोकमा यो प्रणाली जडान गर्ने छौँ ।’

    ललितपुर महानगरपालिकाले यसअघि नै विपद् कालमा गुनासो सुन्नका लागि ११३१ नम्बरको टोल फ्री नम्बर सञ्चालनमा ल्याइसकेको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै