images
images
  • अर्घाखाँची सिमेन्टलाई अन्तरिम आदेश दिन अस्वीकार

    काठमाडौं । सर्वोच्च अदालतले डेडिकेटेड तथा ट्रंकलाइन महसुल विवादमा अर्घाखाँची सिमेन्ट लिमिटेडले दायर गरेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

    न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजालसले आज अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । अदालतले उक्त विषयमा छलफलका लागि यही कात्तिक ३० गते दुवै पक्षलाई बोलाएको छ ।

    महसुल विवादका कारण नेपाल विद्युत् प्राधिकरणले उद्योगमा लाइन काटेको थियो । लाइन काटिँदा उद्योग बन्द गर्नुपर्ने अवस्था आएर आफूलाई अन्याय भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको थियो ।

    प्राधिकरणले उक्त सिमेन्टको रु ४४ करोड बक्यौता भुक्तानी गर्न बाँकी रहेको भन्दै लाइन काटेको थियो । उद्योगको लाइन काटेपछि उत्पादन बन्द भएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै