images
images
  • ओली हावा कुरा गर्न माहिर छन : प्रचण्ड

    काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एमाले छोडेर सबै नेताहरू आफ्नो पार्टीमा आउने दाबी गरेका छन् ।

    बुधवार भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँगको सहमति पत्रमा हस्ताक्षर कार्यक्रमपछि कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

    उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले हावादारी कुरा गर्नुहुने बताउँदै एमाले छोडेर सबै नेताहरू नेपाली कम्युनिष्ट पार्टीमा आउने बताए ।

    उनले नेपाली कम्युनिष्ट पार्टीमा १२ वटा राजनीतिक दलहरू समाहित भइसकेको बताए ।

    उनले भने ‘१२ वटा समूह एक ठाउँमा आइसक्यौँ । केपीले हावा कुरा गर्छन्, एमाले छोडेर सबै यता आउँछन् ।’

    गत कार्तिक १९ गते नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितका विभिन्न राजनीतिक दल र समूहहरूले नेपाली कम्युनिष्ट पार्टीमा एकीकरण भएका छन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै