images
images
  • चन्द्रकुवेर खापुङलाई विदेश जान रोक, अनुमति बिना काठमाडौँ छाड्न नपाउने

    काठमाडौं । आजदेखि सेवा निवृत्त भएका नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई विदेश जान रोक लगाइएको छ ।

    भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगको आज बसेको बैठकले खापुङलाई हाललाई विदेश प्रस्थानमा रोक लगाउने निर्णय गरेको हो ।

    आयोगले खापुङलाई आयोगको अनुमति बिना काठमाडौं उपत्यका बाहिर जान नपाउने व्यवस्था समेत गरेको छ ।

    आयोगले घटनासँग सम्बन्धित प्रमाण संकलन तथा छानबिन प्रक्रियामा सहयोग पुर्‍याउने उद्देश्यले यस्तो निर्णय गरिएको जनाएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै