images
images
  • जेन-जी प्रदर्शनका घाइतेको वर्गीकरणमा सहजीकरणको लागि समन्वय गर्न मन्त्रालयको आह्वान

    काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेन-जी प्रदर्शनका घाइतेहरूको वर्गीकरणमा सहजीकरणको लागि समन्वय गर्न आह्वान गरेको छ ।

    गृह मन्त्रालयले यही कात्तिक २५ गते सबै जिल्ला प्रशासन कार्यालयहरूलाई घाइतेहरूको वर्गीकरण कार्य यथाशीघ्र सम्पन्न गरी स्वास्थ्य मन्त्रालयमा विवरण पठाउन परिपत्र भइसकेकाले जेन-जी प्रदर्शनका घाइतेहरूको वर्गीकरण सम्बन्धी कार्यविधि २०८२ अनुसार यो कार्य समयमै सम्पन्न गर्न जिल्ला स्थित अस्पतालका अस्पताल प्रमुख, विशेषज्ञ चिकित्सक तथा स्वास्थ्य कार्यालय प्रमुखहरूबाट आवश्यक सहयोग र समन्वय गर्नुहुन आव्हान गर्दछौँ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    सरकारले जेन-जी प्रदर्शनका घाइतेहरूको वर्गीकरण गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरेको छ । जेन-जी प्रदर्शनका घाइतेहरूको वर्गीकरण सम्बन्धी कार्यविधि, २०८२’ अनुसार घाइतेहरूको वर्गीकरण कार्य सहज बनाउने प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारी संयोजक रहने गरी ८ सदस्सीय जिल्लास्तरीय वर्गीकरण तथा सहजीकरण समिति गठन गरिएको हो ।

    समितिले घाइतेहरूको वर्गीकरण गर्नेछ भने थप आवश्यक सहयोग जिल्ला अस्पतालका अस्पताल प्रमुख, विशेषज्ञ चिकित्सक र स्वास्थ्य कार्यालय प्रमुखबाट लिनेछ । २५ कात्तिकमा गृह मन्त्रालयले घाइतेहरूको वर्गीकरण गरी स्वास्थ्य मन्त्रालयमा रहेको प्राविधिक समितिमा पठाउन सबै जिल्ला प्रशासन कार्यालयहरुलाई पत्राचार गरिसकेको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै