images
images
  • प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत

    काठमाडौं– सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब रुपैयाँ बजेट स्वीकृत गरेको छ ।

    अर्थ मन्त्रालयले पहिलो चरणमा ४ अर्ब ९६ करोड रुपैयाँ स्वीकृत गरेको अर्थ मन्त्रालयका प्रवक्ता टकंप्रसाद पाण्डेयले बताएका छन् ।

    ‘निर्वाचन आयोगले करिब ७ अर्ब ५० करोड माग गरेकोमा अहिलेको खर्च फुकाउन ४ अर्ब ९६ करोड स्वीकृत गरेका छौँ, आवश्यकता अनुसार बजेट माग भएमा थप गर्नेछौँ,’ उनले बताए ।

    उनका अनुसार निर्वाचन व्यवस्थापनका लागि आवश्यक स्रोतको सुनिश्चितता गरिएको हो । २०७९ सालमा भएको निर्वाचनमा कोभिडले गर्दा ९४ प्रकारका सामाग्री खरिद गरिएको थियो ।

    आयोगले यति बेला निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीको सूची घटाएर ७९ मा झारेको छ । जसमध्ये १४ प्रकारका सामग्री मात्र खुला प्रतिस्पर्धाबाट खरिद गरिनेछ ।

    मतपेटिका र मतपत्र छपाइका लागि चाहिने कागज लगायतका बाँकी ६५ प्रकारका सामाग्री आयोगसँगै स्टकमा रहेको र केही स्थानीय तहबाटै खरिद गर्ने तयारी छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै