काठमाडौं । दिवंगत पत्रकार सुरेश रजककी श्रीमती सुजन मगियालाई सरकारले रोजगारी दिएको छ ।
सुरक्षण मुद्रण कोषमा उनलाई रोजगारी दिइएको हो ।
मंगलबार (मंसिर २) सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको उपस्थितिमा कोषका कार्यकारी निर्देशक देवराज ढुंगानाले उनलाई करार सेवामा काम गर्ने गरी कम्प्युटर अधिकृतमा नियुक्ति दिएका छन् ।
०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको आन्दोलनका क्रममा पत्रकार रजकको ज्यान गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)


















प्रतिक्रिया दिनुहोस्