images
images
  • मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल पदमुक्त

    काठमाडौं । मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन् ।

    मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलविरुद्धको पद अनुकुल आचरण नगरेको प्रश्ताव दुई तिहाइ बहुमतले पारित भएसँगै पदमुक्त भएका छन् ।

    बुधवार बसेको मधेस प्रदेश सभाको बैठकले सो प्रश्ताव उपर छलफल गर्दै मत विभाजन प्रक्रियामार्फत दुई तिहाइ बहुमतले पारित गरेको हो । यो सँगै उनी पदमुक्त भएका छन् ।

    प्रश्तावको पक्षमा ७६ मत परेको उल्लेख गर्दै उपसभामुख बबिताकुमार राउतले प्रदेश सभा बैठकमा पदमुक्त भएको घोषणा गरेकी हुन् ।

    गत २७ कात्तिकमा सभामुख मण्डलमाथि पद अनुकूल आचरण नगरेको भन्दै सात दलीय गठबन्धनका ६४ जना प्रदेश सांसदहरूले प्रस्ताव दर्ता गराएका थिए ।

    सो प्रश्ताव उपर आज छलफलका लागि उपसभामुख ईशरको निर्देशनमा बैठक आह्वान गरेकी थिइन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै