images
images
  • अमेरिकाबाट ३५ नेपाली डिपोर्ट, अधिकांश तल्लो बाटोबाट गएका थिए अमेरिका

    काठमाडौं । अमेरिकाबाट ३५ नेपाली नागरिक डिपोर्ट भएर काठमाडौं आइपुगेका छन् । तीमध्ये अधिकांशले तल्लो बाटो हुँदै अमेरिकामा प्रवेश गरेका थिए ।

    मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण पंगेनीले डिपोर्ट भएर फर्किएका नेपालीमध्ये एकजना विद्यार्थी भिसामा गएका व्यक्ति पनि रहेको बताए ।

    एसएसपी पंगेनीले ती विद्यार्थीले कलेजमा भिसा नवीकरण नगरी काम गर्न थालेका थिए, जस कारण उनलाई नेपाल फर्काइएको हो । त्यस्तै, एक अन्य व्यक्ति भिजिट भिसामा अमेरिका पुगेपछि अवैध रुपमा काम गर्न थालेको खुलासा भएको छ ।

    यद्यपि, बाँकी ३३ जनाले अवैध तरिकाले तल्लो बाटोबाट अमेरिका प्रवेश गरेका थिए । उनीहरुले विभिन्न गन्तव्य मुलुक हुँदै अमेरिका प्रवेश गरेको थिए । दुई वर्षभन्दा बढी समयसम्म अमेरिका अवैध रूपमा बस्दा अन्ततः उनीहरू डिपोर्ट भएका हुन् ।

    सर्वाधिक प्रभावित रुकुम र दाङ क्षेत्रका नागरिक रहेको पनि प्रहरीले जनाएको छ यद्यपि, डिपोर्ट भएर फर्किएका व्यक्तिहरूले हालसम्म प्रहरीसमक्ष कुनै उजुरी दिएका छैनन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै