पाटन । विस्तृत शान्ति सम्झौताको १९ वर्ष पूरा हुँदासम्म पनि द्वन्द्वपीडित न्यायविहीन हुनुपरेको भन्दै सरोकारवालाहरुले चासोसँगै चिन्ता व्यक्त गरेका छन् ।
उनले द्वन्द्वकालमा भएका घटनाको न्यायिक निराकरणका लागि राष्ट्रपति र प्रधानमन्त्रीले संयुक्त रूपमा सबै पूर्वराष्ट्रप्रमुखहरुसँग छलफल गरेर निकासका लागि पहल गर्नुपर्नेमा उनले जोड दिए ।
उनले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा अहिलेका पदाधिकारी नियुक्त भएको छ महिना हुँदासम्म पनि आयोगबाट पीडितका पक्षमा केही काम नभएको भन्दै रोष प्रकट गरे ।
आयोगका उपसचिव श्यामबाबु काफ्लेले सरकारी वकिलको कार्यालयमा द्वन्दपीडितसँग परामर्श गर्न परामर्शदाता नै नभएको बताए ।
मानव अधिकारकर्मी भोजराज तिमल्सिनाले शान्ति सम्झौता भएको ६० दिनभित्र सम्पन्न हुने भनिएको काम कहिले सम्पन्न हुन्छ भन्ने प्रश्न उब्जिएको बताए ।
उनले सत्ताको लोभमा राज्य व्यवस्था नै भागबण्डामा चल्दा द्वन्द्वपीडित न्याय पाउन नसकेर अलमलमा परेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)


















प्रतिक्रिया दिनुहोस्