images
images
  • निर्वाचन सफल बनाउन सबै पक्षलाई राष्ट्रपति पौडेलको अपिल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनलाई सफल बनाउन सबै पक्षलाई आह्वान गरेका छन् ।

    शुक्रवार पद्यकन्या बहुमुखी क्याम्पसको हीरक जयन्तीको अवसरमा बोल्दै उनले निर्वाचनलाई सफल बनाउन आह्वान गरेका हुन् ।

    राष्ट्रपति पौडेलले आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधि सभाको निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य भएकाले यसलाई सफल बनाउन सबै पक्ष लाग्नुपर्ने स्पष्ट पारे ।

    राष्ट्रपति पौडेलले देश विषम परिस्थितिलाई गुज्रिरहेको उल्लेख गर्दै त्यसबाट संविधान, लोकतन्त्र र मुलुकलाई जोगाउनका लागि नै निर्वाचनको मिति घोषणा गरिएको पनि बताए । उनले सो निर्वाचन परिणामले मुलुकको सुशासन, विकास र समृद्धिको यात्रालाई सुदृढ तुल्याउँदै मुलुकलाई नयाँ दिशा दिने विश्वास समेत व्यक्त गरे ।

    राष्ट्रपति पौडेलले भने ‘देश आज विषय परिस्थितिबाट गुज्रिएर यो अवस्थामा आएको छ । त्यो विषय र कठिन परिस्थितिबाट संविधान, लोकतन्त्र र मुलुकलाई जोगाउँदै फागुन २१ गतेका लागि प्रतिनिधि सभाको निर्वाचनको मिति तय भएको छ । यो निर्वाचन परिणामले सुशासन, विकास र समृद्धिको यात्रालाई सुदृढ तुल्याउँदै नयाँ दिशा दिनेछ भन्ने मलाई विश्वास छ । यो निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य भएकाले यसलाई सफल पार्न म सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीलाई अपिल पनि गर्दछु ।’

    त्यस अवसरमा राष्ट्रपति पौडेलले समाज तथा राष्ट्रको आवश्यकताअनुसार व्यवहारिक ज्ञान, नैतिक शिक्षा र क्षमता अभिवृद्धि गर्ने सीपमूलक शिक्षालाई अब्बल बनाउनेतर्फ शिक्षण ध्यान दिनुपर्ने आवश्यकता समेत औँल्याए । उनले सो क्याम्पसलाई महिला विश्वविद्यालय बनाउन गरिएको प्रयासप्रति पनि खुसी व्यक्त गरे ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै