images
images
  • राष्ट्रिय सभा निर्वाचनमा भाग लिन कांग्रेस, एमालेसहित १३ दलको निवेदन

    काठमाडौँ । राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि १३ वटा राजनीतिक दलले निर्वाचन आयोगमा दर्ताको निवेदन दिएका छन्।

    आयोगका राजनीतिक महाशाखाका प्रमुख यज्ञप्रसाद भट्टराईका अनुसार निवेदन दिनका लागि तोकिएको अन्तिम दिन आइतबार साँझसम्ममा १३ वटा निवेदन आएको हो

    नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, जनता समाजवादी पार्टी, नेपाल, जनमत, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी नेपाललगायतले दर्ताको निवेदन दिएका हुन्। माघ ११ गते राष्ट्रियसभाको निर्वाचन हुँदैछ।

    त्यसैगरी, प्रतिनिधिसभाका लागि ५६ वटा निवेदन आयोगमा दर्ता भएको छ। फागुन २१ गते हुने निर्वाचनका लागि मंसिर १० गतेसम्म दर्ताको निवेदन दिने समय तोकिएको छ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै