images
images
  • अब विशेष महाधिवेशनको विकल्प छैन : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले अब विशेष महाधिवेशनकाृ विकल्प नरहेको बताएका छन् ।

    वर्तमान सभापतिकै नेतृत्व र हस्ताक्षरमा आगामी निर्वाचनमा जाने भ्रम फैलाउन खोजिएको भन्दै उनले अलमलमा नपर्न आग्रह गरेका छन् ।

    आफूलाई धेरैले ‘ पार्टीले वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा चुनाव लड्ने भएको हो ? भनेर सोधिरहेको उल्लेख गर्दै थापाले त्यसको स्पष्ट उत्तर ‘होइन’ भएको बताए ।

    उनका अनुसार पार्टी विधानअनुसार निर्धारित समयमा विशेष महाधिवेशन आह्वान गरी नयाँ सभापति चयन हुनेछन् ।

    त्यही नयाँ सभापतिको हस्ताक्षरमा पार्टीका निर्णयहरू संशोधन हुँदै निर्वाचन आयोगमा पुग्ने र कांग्रेस आगामी चुनावमा सहभागी हुने उनले स्पष्ट पारे । थापाले भने ‘अब विशेष महाधिवेशनको विकल्प छैन । कुरा प्रष्ट छ, अलमलमा नपरौँ ।’

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै