images
images
  • लिपुलेक-लिम्पियाधुरा समेटिएको नक्सासहितको सय रुपैयाँको नोट बजारमा

    काठमाडौँ । नेपाल राष्ट्र बैंक लिमिटेडले एक सय रुपैयाँको नयाँ नोट आज (मंसिर ११ गते) बाट प्रचलनमा ल्याएको छ ।

    निःवर्तमान गभर्नर महाप्रसाद अधिकारीले हस्ताक्षर गरेको नयाँ नोट राष्ट्र बैंकले ल्याएको हो ।

    उक्त नोट सङ्केत नं. २० क ०००००१ देखि ४० घ ९९९९९९ सम्म रहेको राष्ट्र बैंकले जनाएको छ ।

    ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १०० रुपैयाँ एक सय तुरुन्त पाइने छ ।’ भन्ने लेखिएको छ ।

    नोटको बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप, मध्य भागमा नेपालको लिम्पियाधुरा र लिपुलेक समेटिएको नक्सा, मध्य भागमा अशोक स्तम्भको चित्र, दृष्टिविहीनहरूलाई नोट पहिचानको लागि छामेर थाहा पाउने एउटा कालो थोप्ला रहेको राष्ट्र बैंकले जनाएको छ ।

    नोट २ मि.मि. चौडा भएको रङ परिवर्तन हुने (नोटलाई सिधा हेर्दा रातो रङ र ढल्काएर हेर्दा हरियो रङ देखिने) सुरक्षण धागो रहेको केन्द्रीय बैंकले जनाएको छ ।

    नेपालीमा ‘वि.सं. २०८१’ लेखिएको छ । यसअघि राष्ट्र बैंकले २०७६ साल असोज ७ गतेदेखि रुपैयाँ १०० दरको बैंकनोट सङ्केत नं. ओ १८ ०००००१ देखि क ३७ ९९९९९९ सम्म चलनचल्तीमा ल्याइने भनिएको थियो । तर १८ ओ ०००००१ देखि १९ क १९ ०३४५०० सम्म मात्र चलनचल्तीमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै