images
images
  • पत्रकार र कर्मचारीहरु अबदेखि सामाजिक सुरक्षाको दायरामा

    काठमाडौं । पत्रकार र कर्मचारीहरु अबदेखि सामाजिक सुरक्षाको दायरामा आउने भएका छन् ।

    बिहीवार सिंहदरबारमा एक कार्यक्रमको आयोजना गरी यसबारे जानकारी दिइएको हो ।

    कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सञ्चार मन्त्रालय मातहत रहेका प्रमुख सञ्चार संस्थाहरू गोरखापत्र संस्था, राष्ट्रिय समाचार समिति (रासस), सार्वजनिक सेवा प्रशारण (पीएसपी) अन्तर्गतका रेडियो नेपाल र नेपाल टेलिभिजन, साथै प्रेस काउन्सिल नेपाल र न्युनतम पारिश्रमिक निर्धारण समितिलाई सामाजिक सुरक्षामा जोड्ने काम शुरु भइसकेको बताए ।

    उनले अब देशभरका पत्रकार, सञ्चारकर्मी र सरकारी सञ्चार संस्थाका कर्मचारीहरू सामाजिक सुरक्षाको औपचारिक दायरामा प्रवेश गर्ने बताए ।

    आगामी दिनमा सबै सञ्चारकर्मीलाई प्रणालीगत रूपमा सामाजिक सुरक्षामा समावेश गर्ने विस्तृत कार्ययोजना कार्यान्वयन गरिने उनले बताए ।

    मन्त्री खरेलले पत्रकारको पेशागत सुरक्षासँगै आर्थिक तथा सामाजिक सुरक्षालाई सरकारका प्राथमिक एजेण्डामध्ये एक बनाइएकाले यो कदम महत्वपूर्ण भएको बताए ।

    उनले निजी सञ्चार माध्यमहरुलाई उत्साहित हुँदै सामाजिक सुरक्षाको दायरामा आउन आह्वान गरे ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै