images
images
  • काठमाडौंमा जेन-जी आन्दोलनका १६९ जना घाइतेको वर्गीकरण

    काठमाडौं– गत भदौ २३­२४ गते भएको जेन-जी प्रदर्शनमा काठमाडौँमा घाइते भएकाहरूको वर्गीकरण गरिएको छ । आजसम्म कूल १६९ जना घाइतेको विवरण प्राप्त भई वर्गीकरण गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।

    दुई चरणमा गरेर घाइतेहरूको वर्गीकरण गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी एवं सहायक प्रवक्ता मुक्तिराम रिजालले जानकारी दिए ।

    चार समूहमा घाइतेहरूको वर्गीकरण गरिएको बताउँदै उनले अति गम्भीर घाइतेको सूचीमा १५, गम्भीर घाइतेको सूचीमा ५१, मध्यममा ३६ र सामान्य घाइतेको सूचीमा ६७ जना रहेका जानकारी दिए ।

    उनका अनुसार यही मङ्सिर ५ गते र १२ गते दुई चरणमा छलफल गरी घाइतेहरूको वर्गीकरण गरिएको हो । असक्तहरूको हकमा भने उपचाररत अस्पतालमा गएर टोलीले वर्गीकरण गरेको उनले बताए  ।

    प्रशासन कार्यालयमा आउन अप्ठ्यारो हुनेहरूको हकमा एम्बुलेन्समार्फत ल्याएर वर्गीकरण गरिएको हो । प्रजिअको संयोजकत्वमा रहेको वर्गीकरण सहजीकरण समितिले जेन-जी प्रदर्शनका क्रममा घाइते भएकाहरूको वर्गीकरणसम्बन्धी कार्यविधि, २०८२ का आधारमा हालसम्म १६९ जनाको वर्गीकरण गरेको हो ।

    प्रशासन कार्यालयले उक्त वर्गीकरण सम्पन्न गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सिफारिस पठाउने र सोही आधारमा मन्त्रालयले निर्णय गरी घाइतेहरूको सूची अनुसार आवश्यक सेवा सुविधा र सामाजिक सुरक्षाको व्यवस्था मिलाउने जनाइएको छ ।

    जेन-जी प्रदर्शनका लागि सुरुमा प्रशासन कार्यालयले ३१५ जनालाई अनुमति पत्र उपलब्ध गराएको थियो । रासस

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै