काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्च अदालतले आदेश दिएको छ ।
गैरसंवैधानिक रूपमा यादवको नियुक्ति गरिएको भन्दै ७३ जना सांसदले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले यस्तो निर्देश आदेश गरेको हो ।
सर्वोच्चको आदेशअनुसार मुख्यमन्त्री यादवले अब तात्कालिक रूपमा प्रदेशसभा बैठकमा विश्वासको मत लिने प्रस्ताव पेश गर्नुपर्नेछ । विश्वासको मत प्राप्त भएमा उनी पदमै कायम रहनेछन् भने, मत नपाए प्रदेशमा नयाँ राजनीतिक विकल्पको प्रक्रिया अघि बढाउने स्थिति आउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
















प्रतिक्रिया दिनुहोस्