images
images
  • मेडिकल काउन्सिलले भन्यो– चिकित्सकको नाम–फोटो प्रयोग गरी विज्ञापन नगर्नु !

    काठमाडौं । नेपाल मेडिकल काउन्सिलले केही चिकित्सकहरूले विभिन्न कम्पनीका व्यावसायिक विज्ञापन तथा प्रवद्र्धन गतिविधिमा आफ्नै नाम, फोटो र दीर्घ अनुभव देखाएर प्रचार–प्रसार गरेका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    काउन्सिलले यस्तो कार्य चिकित्सकीय पेशाको मर्यादाविपरीत रहेको र तत्काल बन्द गर्नुपर्ने चेतावनी दिएको छ । कुनै पनि औषधि, उपकरण वा सेवाको प्रचार गर्ने साइनबोर्ड, होर्डिङ, ब्रोसर वा विज्ञापनमा चिकित्सकको नाम–फोटो राख्न नपाइने स्पष्ट प्रावधान छ । तर, कतिपय चिकित्सकले यो नियम पालना गरेको पाइँदैन ।

    काउन्सिलले आचारसंहिता र व्यावसायिक आचरण २०१७ मा उल्लेखित उक्त व्यवस्था उल्लङ्घन भएमा चिकित्सकलाई व्यावसायिक आचारसंहिताअनुसार कारबाही हुने चेतावनी दिएको छ ।

    यस्ता गतिविधिले चिकित्सकीय पेशाको विश्वासनीयता र निष्पक्षतामा असर पर्ने भन्दै काउन्सिलले वर्तमानमा संलग्न सबै चिकित्सकका लागि आचारसंहिता पालन गर्न आग्रह गरेको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै