काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ परेकामध्ये अर्का व्यक्ति प्राधिकरणकै तत्कालीन महानिर्देशक मुरारी भण्डारी रहेको अख्तियारले जनाएको छ ।
अख्तियारले दुवै जनालाई नियन्त्रणमा लिएर भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ताका लागि विशेष अदालतमा पेश गरेको हो ।
विशेष अदालतका उप–रजिस्ट्रार कृष्णशरण लामिछानेका अनुसार कुल ६ जना व्यक्ति र एक संस्थामाथि भ्रष्टाचारको मुद्दा दायर गरिएको छ ।
‘दुई जना पक्राउ परेका छन्, अरू फरार छन् । ६ जना र एउटा संस्थाविरुद्ध मुद्दा पेस भएको छ,’ उप–रजिस्ट्रार लामिछानेले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)

















प्रतिक्रिया दिनुहोस्