काठमाडौं । राजनीतिक दलहरुले सरकारलाई चुनावमा केन्द्रित हुन आग्रह गरेका छन् ।
शुक्रवार प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सर्वपक्षीय बैठकमा दलहरुले मुलुकलाई विषम राजनीतिक अवस्थाबाट सामान्य परिस्थितिमा ल्याउन निर्वाचनको वातावरण निर्माणमा केन्द्रित हुन सरकारलाई आग्रह गरेको नेपाली कम्युनिष्ट पार्टीका नेता प्रकाश ज्वालाले जानकारी दिए ।
उनकोअनुसार बैठकमा सुरक्षा निकायहरुले सुरक्षा निकायहरुले सुरक्षाको स्थिति तथा निर्वाचन आयोगले निर्वाचनको तयारीका बारेमा ब्रिफिङ गरेका थिए ।
शान्ती सुरक्षाको वातावरण बनिनसकेको कारण विशेष रणनीतिका साथ यसमा काम गर्नुपर्ने सुझाव दलहरुले दिएको ज्वालाको भनाइ छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सोविता गौतमले संविधानको संरक्षण र समाजमा विधिको शासन स्थापित गर्न निर्वाचन अपरिहार्य आवश्यकता भएको कुरा राजनीतिक दलहरुले बैठकमा राखेको बताइन् । उनले घोषित मितिमा स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने प्रतिवद्धता सरकारको तर्फबाट आएको पनि बताइन् । ‘पछिल्लो पटक बनेको सरकार संविधानबाहिर गएर बनेको हो । यो सबै कुरा हामी सबैले स्वीकारेकै अवस्था छ । संविधानलाई ट्र्याकमा ल्याउनको लागि निर्वाचन गराउनुपर्छ । यसको लागि आयोग, राजनीतिक दल र सुरक्षा निकायहरुले पनि प्रतिबद्धता व्यक्त गर्नुभयो । विस्तारै निर्वाचनको वातावरण बन्दै गएको अवस्था छ’ उनले भनिन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले समयमै निर्वाचन सम्पन्न गर्ने कुरामा राजनीतिक दल र सरकार प्रतिबद्ध भएर लाग्ने कुरा बैठकमा भएको बताए ।
सरकारले निर्वाचनको वातावरण निर्माण गरे निर्वाचनमा भाग लिन सबै दलहरु तयार रहेको दलहरुको तर्फबाट धारणा आएको मन्त्री खरेलको भनाइ छ ।
बैठकमा राजनीतिक दलका प्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुख, निर्वाचन आयोगका प्रतिनिधि र सरकारको तर्फबाट प्रधामन्त्रीसँगै केही मन्त्रीहरु समेत सहभागि थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
















प्रतिक्रिया दिनुहोस्