images
images
  • तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजक शहीद घोषणा

    काठमाडौं । १५ चैतको तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजकलाई सरकारले शहीद घोषणा गरेको छ ।

    चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा रजकको मृत्यु भएको थियो । सो घटनापछि माग गरिँदै आएको उनको सम्मानका विषयमा सरकारले औपचारिक निर्णय गरेको हो ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रजकलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।

    उनले भने, ‘चैत १५ गते तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजकलाई राज्‍यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय गरेको छ।’

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै