काठमाडौं– एघारौँ महाधिवेशनमा आफ्ना माग र मुद्दाहरू सम्बोधन गर्नुपर्ने भन्दै अध्यक्ष केपी शर्मा ओलीलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले फरक दस्तावेज बुझाएका छन् ।
आज पार्टी कार्यालय च्यासल पुगेर महासचिव शंकर पोखरेललाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसम्मले सो दस्तावेज बुझाएको छ।
४० पेज लामो दस्तावेजमा पार्टीको पछिल्लो अवस्था ,अगाडिको कुरा, पार्टीले गर्नुपर्ने काम कर्तव्य र आगामी दिनमा पार्टी कसरी अगाडि बढ्ने लगायतका विषयहरू समावेश गरिएको छ।
पोखराले बुझाएको दस्तावेजमा पार्टीमा युवासँग संवाद स्थापित गर्न पहलकदमी लिनुपर्ने आवश्यक रहेको र नवयुवाको प्रवेश र समावेशिताका विषयमा पनि कुराहरू लेखिएको छ।
पोखराले तयार पारिएको प्रतिवेदनमा पछिल्लो समय वाम एकता र वामपन्थी आन्दोलनका विषयमा महाधिवेशनमा छलफल हुने कुरा ओझेलमा पर्दै गएकाले यस्ता किसिमका बसहरू गम्भीर भएर गर्न आवश्यक रहेको बताइएको छ।
पोखरेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा फर्किने वातावरण सिर्जना गर्नुपर्ने माग समेत गरेका छन्।
यस्तो छ बुझाइएको ४० बुँदे दस्तावेज

















प्रतिक्रिया दिनुहोस्