images
images
  • जिल्ला प्रशासनमा जेन-जी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र

    काठमाडौं– गृह मन्त्रालयले जेन-जी आन्दोलनका क्रममा मृत्यु भएका मध्ये ४५ जना जेन-जी सुशासन योद्धाको नामावली प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा राख्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

    मन्त्रालयले आज ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै तीन दिनभित्र प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा राख्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

    गृहमन्त्री ओमप्रकाश अर्यालले उक्त व्यवस्था गर्नेसम्बन्धी आजै मन्त्रिस्तरीय निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

    गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा मृत्यु भएकामध्ये ४५ जनालाई सरकारले सहिद घोषणा गरेको थियो । सहिद घोषणासम्बन्धी सूचना गत कात्तिक १७ गते नेपाल राजपत्रमा प्रकाशित भएको थियो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै