images
images
  • क्यानका महानिर्देशक अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

    काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी जेल चलान भएका छन् ।

    उनीलगायत ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाय गरेको मुद्दामा विशेष अदालतले आइतबार अधिकारीलाई थुनामा पठाउने आदेश दिएको हो।

    इजलासले प्रतिवादी अधिकारीलाई थुनामा पठाउने र मुरारी भण्डारीबाट ५ लाख धरौटी माग गर्ने आदेश भएको अदालतका प्रवक्ता यज्ञराज रेग्मीले बताएका छन् ।

    भक्तपुरको नालिन्चोक हेलीप्याड निर्माणको  क्रममा भ्रष्टाचार गरेको आरोपमा १३ करोड ५७ लाख बिगो दाबीसहित मुद्दा दायर गरिएको थियो ।

    अख्तियारले अधिकारीसहित क्यानकै पूर्वनिर्देशक मुरारी भण्डारीलाई पनि बुधबार नियन्त्रणमा लिएर विशेष अदालतमा उपस्थित गराएको थियो ।

    यसअघि अख्तियारमा उपस्थित भएर बयान दिइरहेका उनीहरू बुधबार तारेखमा पुगेपछि नियन्त्रणमा लिएर मुद्दा चलाइएको हो ।

    अधिकारी भैरहवा र पोखरा विमानस्थल निर्माणमा भएको हिनामिना प्रकरणमा पनि अनुसन्धान तानिँदैछन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै