धनगढी दिनेश खबरडट्‌कमका सञ्चारकर्मीमाथि कुटपिट

धनगढी । कैलालीको धनगढीस्थित दिनेश एफएम र दिनेश खबरडट्‌कमका सञ्चारकर्मीमाथि कार्यकक्षमै आक्रमण भएको छ ।

धनगढीमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले आत्महत्या गरेको भन्ने विषयमा अनलाईन पोर्टलमा प्रकाशित समाचार झुटो भएको र डिलिट गर्नुपर्ने भन्दै कार्यालयमा पुगेका १५/२० जनाले दिनेश सञ्चार गृहमै प्रवेश गरेर पत्रकारहरुमाथि कुटपिट गरेका हुन् ।

उनीहरुले दिनेश सञ्चार गृहका सह–सम्पादक जनक विष्ट लगायतका पत्रकारमाथि कुटपिट गरेका जनाइएको छ । यस्तै, व्यवस्थापक अमिता कुँवर, प्राविधिक कल्पना सिंहमाथि पनि हातपात भएको दिनेश सञ्चार गृहले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले दिएको जानकारीका आधारमा धनगढीमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले आत्महत्या गरेको समाचार प्रकाशन गरिएको दिनेश खबरले जानकारी दिएको छ ।

कैलाली प्रहरी प्रवक्ताले दिएको जानकारी अनुसार दिनेश खबरले प्रकाशन गरेको समाचारमा धनगढी उपमहानगरपालिका –१ बाट चोरी मुद्धामा भदौ २२ गते पक्राउ परेका १९ वर्षीय रोशन विकले शौचालयमा आत्महत्या गरेको विषय उल्लेख छ ।

उनी धनगढी उप–महानगरपालिकाका कर्मचारीका छोरा रहेका पनि दिनेश खबरले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button